शांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र बिक्रि खुला, ९ प्रतिशत ब्याज पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 09:03:19 AM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले आज असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले ७५ करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  ७ लाख ७५ हजार कित्ता  ऋणपत्र निष्काशन गरेको हो  । 

जस मध्ये ४ लाख ५० हजार कित्ता निजि तबरबाट र ३ लाख कित्ता सर्वसाधार लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ३ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार ९ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असर ३० गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved