प्राइम बैंकको खुद मुनाफा दोब्बरले बढ्यो, वितरणगर्न मिल्ने नाफा पनि लोभलाग्दो प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 09:48:36 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैक Prime Commercial Bank Limited  ले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष प्राइमको खुद मुनाफा ४४.५६ प्रतिशतले बढेको उसको वित्तीय विवरणमा उल्लेख छ। 

अघिल्लो आर्थिक बर्षको तुलनामा प्राइम बैंकको खुद मुनाफा २ अर्ब २५ करोडबाट बढेर ३ अर्ब २५ करोड पुगेको छ। प्राइम बैंकको खुद मुनाफा ३ अर्ब २५ करोड रहेकोमा उसको वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड रहेको छ। अघिल्लो आर्थिक बर्षको खुद मुनाफा भन्दा गत आर्थिक बर्षको वितरणयोग्य मुनाफा धेरै हो। 

त्यस्तै प्राइम बैंकले अघिल्लो आर्थिक बर्षको तुलना निक्षेप २९.०६ प्रतिशतले बढाएर १ खर्ब ५४ अर्ब पुर्याएको छ भने कर्जा लगानी पनि २२.५८ प्रतिशतले बढाएर १ खर्ब ३५ करोड पुर्याएको छ। 

गत आर्थिक बर्ष बैंकले मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी २८.२६ प्रतिशतले बढाएर ५ अर्ब ९५ करोड आर्जन गरेको छ। बैंकको मुख्य आम्दानी उल्लेख्य रुपले बढ्दा उसको खुद मुनाफासंगै वितरणयोग्य मुनाफामा पनि उल्लेख्य प्रगति देखिएको हो। 

यस अवधिमा बैंकको चुक्ता पुंजी १६ अर्ब ८ करोड रहेको छ भने रिजर्भ तथा सरप्लसमा ७ अर्ब ८४ करोड रहेको छ। त्यस्तै यस अवधिमा खराब कर्जा अनुपात १.१९ प्रतिशतमा ओर्लिएको छ। 

त्यस्तै बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको अनअडिटेड वित्तीय विवरणअनुसार उसको प्रति सेयर आम्दानी २३ रुपैयाँ ६७ पैसा, प्रति सेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा र मुल्य आम्दानीको अनुपात ३ दशमलब २२ गुणा रहेको छ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved