गरिमा विकास बैंकको विशेष साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 10:15:52 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले साधारणसभा आह्वान गरेको छ  । बैंकले भदौ १५ गते मंगलबारको लागि विशेष साधारणसभा आह्वान गरेको हो  ।

विशेष साधारणसभामा गरिमाले सहारा विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पेश हुने छ  । प्राप्तिको समबन्धमा बैंकको संचालक समितिको प्रतिवेदन पारित गर्ने, डिडिए प्रतिवेदन पारित गर्ने, स्वाप रेसियो पारित गर्ने, प्राप्तिका सम्बन्धमा संचालक समितिले गरेका सबै निर्णयहरु अनुमोदन गर्ने, सहारा विकास बैंकलाई प्राप्ति गरेपछि चुक्ता पुंजी बढ्ने भएकोले सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन्  ।

  सहारा विकास बैंक १:१ को स्वाप अनुपातमा गरिमा विकास बैंकमा गाभिने लागेको हो । अर्थात् हाल सहारा विकास बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले एकिकृत कारोबारपछि गरिमाको पनि १०० कित्ता शेयर नै पाउने छन् ।

त्यस्तै सामुहिक लगानी कोष संचालन गरि कोष प्रबर्दकको रुपमा कार्य गर्ने, संचालकहरुको दैनिक भत्ता, भ्रमण खर्च, इन्टरनेट खर्च लगायतक खर्च तथा सेवा सुविधा वृद्धि गर्ने प्रस्ताव पनि पेश हुने छ  । बैंकले साधारणसभा प्रयोजनको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ   । भदौ ८ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन पाउने छन् । 

गरिमामा गाभिने प्रस्ताव पारित गर्न सहारा विकास बैंकले भदौ १२ गते शनिवार साधारणसभा आह्वान गरेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved