बेष्ट फाइनान्सको साधारणसभा सम्पन्न, मर्जरको अख्तियारी दिने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 08:05:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स Best Finance Company को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भाद्र ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

फाइनान्सको आज सम्पन्न साधारण सभाले आ.व २०७६÷७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । फाइनान्सको यस साधारण सभाबाट संस्थापक शेयरधनी तर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् । 

कमलादी काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको चुक्ता पुँजी ८२.८९ करोड रहेको छ । हाल फाइनान्स कम्पनीले  १४ वटा शाखाबाट  सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved