गुडविल फाइनान्सको खुद मुनाफामा १४४ प्रतिशतको छलाङ्ग, ब्याज आम्दानीमा १३० प्रतिशतको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 10:45:20 AM मा प्रकाशित

laxmi  sunrise bank

गूडविल फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत बर्षको तुलनामा गुडविलको खुद मुनाफा १४४।१३ प्रतिशतले बढेको छ। 

गत बर्षको यस अवधिमा २ करोड ९१ लाख खुद मुनाफा आर्जन गरेको गुडविल फाइनान्सले यस अवधिमा ७ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

त्यस्तै फाइनान्सको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी १३०।२५ प्रतिशतले बढेर ६ करोड २१ लाख रुपैयाँबाट १४ करोड ३० लाख रुपैयाँ पुगेको छ।  

यस अवधिमा  गुडविल फाइनान्सले १० अर्ब २७ करोड निक्षेप संकलन गरि ७ अर्ब ७१ करोड कर्जा लगानी प्रवाह गरेको छ। गुडविलको निक्षेप संकलन र कर्जा लगानी गत बर्षको यस अवधिसँगको तुलनामा क्रमश करिब २ र ५ प्रतिशतले बढी हो। 

यस अवधिमा गुडविल फाइनान्सको चुक्तापुंजी ८६ करोड ७२ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा १ अर्ब १८ करोड रहेको छ। 

त्यस्तै यस अवधिमा गुडविलको बार्षिक प्रति सेयर आम्दानी ३२ रुपैयाँ ८४ पैसा, प्रति सेयर नेटवर्थ २३६ रुपैयाँ ४५ पैसा र मुल्य आम्दानीको अनुपात २३।५७ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved