प्रभु बैंकले यस्तो प्रतिवद्दता जनाएपछि शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2021 | 04:08:17 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले प्रभु बैंकको शेयर कारोबार फुकुवा गरेको छ । बिहिबार ७ दिने स्पष्टिकरण सोध्दै नेप्सेले बैंकको कारोबार रोक्का गरेकोमा बैंकले जवाफ पठाएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो  

नेप्सेले बैंकको कारोबार रोक्का गर्दै बैंकलाई ७ दिने स्पष्टिकरण समेत सोधेको थियो। नेप्सेले किन कारोबार समयमा संचालक समितिको बैठक बसेर लाभांश प्रस्ताव  गरेको भन्दै स्पष्टिकरण सोधेको थियो  । बैंकले आगामी दिनमा कारोबार समयमा संचालक समितिको बैठक नबस्ने प्रतिवद्दता सहित जवाफ पेश गरेपछि कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ  । 

  बैंकले कार्तिक २३ गते मंगलबार दिनको १ बजेदेखि ३ बजेसम्म  संचालक समितिको बैठक बसेर १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जानकारी बिहिबार नेप्सेलाई जानकारी गराएको थियो ।  

नेप्सेले प्रभु बैंकलाई पठाएको जवाफमा भनिएको छ 'उपर्युक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत श्री प्रभु बैंक लिमिटेडको च.नं.८६७/०७८/७९, मिति २०७८/०७/२५ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । त्यस बैंकको मिति २०७८/०७/२३ गते दिउँसो १:०० बजे देखि ३:०० बजे संचालक समितिको बैठक बसी किन कारोवार समयमा लाभांश घोषणा गरेको भन्ने यस लि.को पत्रका सम्बन्धमा त्यस कम्पनीले आगामी दिनमा कारोवार समयमा संचालक समितिको बैठक बसि लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेकोले आगामी दिनमा यस्ता बिषय प्रति धितोपत्र सुचीकरण विनियमावली २०७५,मा तोकिए बमोजिम गर्नुहुन भनि कम्पनीको बन्द रहेको धितोपत्रको दोस्रो बजार कारोवार मिति २०७८/०७/२६ को निर्णय अनुसार मिति २०७८/०७/२६ देखि फुकुवा गरिएको व्यहोरा अनुरोध गर्दछ।'

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved