लुम्बिनी विकास बैंकको लाभांश संशोधन , बोनस दर बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 10:19:23 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited को लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने संशोधित लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले यस अघि हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.७१२ प्रतिशत नगद लाभांश गरि कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने कम्पनीले १३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश गरि कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड ६४ लाख रहेको छ  । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved