मन्जुश्री फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 12:41:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स Manjushree Finance  ले  लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने ३८ करोड ६१ लाख ५७ हजार ९ सय ५३ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख २३ हजार ६ सय ९३ रुपैयाँ ५२ पैसा  नगद गरि कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ५३ लाख रहेको छ  । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved