एनसीएचएलले ४० प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 09:13:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते होटेल र्याडिसनमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीमा नेपाल राष्ट्र बैंक सहित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको छ । 

कम्पनीको सभाले आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागी लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved