चन्द्रागिरी हिल्सको साधारणसभा आह्वान, यस्ता छन् आधा दर्जन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 10:14:04 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।कम्पनीले पुस २९ गते बिहिबार थानकोट स्थित टप स्टेसन परिसरमा रहेको आफ्नो कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा  सामान्य प्रस्तावअन्तर्गत संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बाह्रौ वार्षिक प्रतिवेदन पारीत गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तिय विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजीम आ.व.२०७८/०७९ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीवाट एक जना संचालकको निर्वाचन गर्ने र  स्वतन्त्र संचालक नियुक्ति गर्ने प्रस्ताव पेश हुने छ।

विशेष प्रस्ताव अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडको प्रवन्धपत्रको दफा ४ (१) मा कम्पनीको उद्देश्यमा थप गरी संसोधन गर्ने र उक्त संसोधनमा नियमक निकायबाट सुझाव वा निर्देशन भएमा सो बमोजिम आवश्यक संसोधन वा परिमार्जनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन सक्ने छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved