नेप्सेले प्रस्ताव गर्यो १६६ प्रतिशत लाभांश, पुस २९ मा साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 08:42:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले साधारणसभा आह्वान गरेको छ । नेप्सेले पुस २९ गते नेप्से कै कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । नेप्सेले हाल कायम चुक्ता पुँजीको ६६.६७ प्रतिशतका दरले हुन आउने बोनस शेयर  र कर प्रयोजनको लागि समेत १०० प्रतिशत नगद लाभांश गरि कुल १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल नेप्सेको चुक्ता पुँजी ६० करोड रहेको छ । 

नेप्सेको साधारणसभामा साधारण प्रस्ताव अन्तर्गत सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले ४० औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने , आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा/नोक्सान तथा अन्य आयको विवरण, इक्वीटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने , नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने र सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप नेप्सेको चुक्ता पुँजी रु. ६० करोडको १०० प्रतिशतका दरले हुन आउने रकम रु. ६०,००,००,०००/- (साठी करोड रुपियाँ) नगद लाभांश (नियमानुसार बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुने छ ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पुँजीको ६६.६७ प्रतिशतका दरले हुन आउने बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने , प्रवन्धपत्र/नियमावली संशोधन गर्ने र अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पेश हुने छ।

नेप्सेमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, कर्मचारी संचय कोष, लक्ष्मी बैंक, प्रभु बैंक, र ब्रोकरहरुको लगानी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved