कृषि विकास बैंकको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 10:16:27 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते बिहिबार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।

सभामा  लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने प्रस्ताव बैंकले गरेको छ।  कम्पनीको वार्षिक साधारण सभाले पारित उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

सामान्य प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७७/०७८ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, ईक्विटमा भएको परिवर्तन,नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी लि. तथा गोबर ग्याँस कम्पनी र सम्वद्ध कम्पनी साना किसान विकास लघुवित्त वित्तीय संस्था को आ.ब. २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने ।

४. सञ्चालक समितिको प्रस्ताव बमोजिम साधारण चुक्ता पूँजीमा वोनस प्रदान गर्दा वोनश शेयरमा लाग्ने कर वापत प्रति शेयर १.०५२६ प्रतिशत नगद लाभांश र अविमोच्य असंचिति अग्राधिकार (Non Convertible Irredeemable Preference share) शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

५. आर्थिक वर्ष २०७८/०७९ को लागि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त हुने लेखापरीक्षकलाई यस बैंकको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने ।

विशेष प्रस्ताव : 

(१) साधारण शेयरधनीहरुलाई साधारण चुक्ता पूँजीको २० प्रतिशत वोनस शेयर प्रदान गर्ने सम्बन्धी संचालक समितिको प्रस्ताव पारित गर्ने ।

(२) विशेष प्रस्ताव नं. (१) बमोजिमको वोनस शेयर प्रस्ताव गरिएकोमा सो समेत समायोजन हुने गरि बैंकको अधिकृत पूँजी तथा जारी र चुक्तापूँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रवन्धपत्र र नियमावलीको तत्सम्बन्धि दफा/नियम एवं उप-दफा/उप-नियमहरु संशोधन तथा थप गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

३. पुँजी वृद्धि सम्बन्धी बैंकको प्रवन्धपत्रको दफा ५ को उप-दफा (१), (२) र (३) तथा दफा ७ को उप-दफा (२) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने ।

(४) पूँजी वृद्धि सम्बन्धी बैंकको नियमावलीको नियम ५ को उप-नियम (१), (२) र (३), नियम ७ को उप-नियम (१) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने ।

५. प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानुन बमोजिम संशोधन गर्नु पर्ने भएमा वा नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved