सिभिल बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 09:00:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited  ले साधारणसभा आह्वान गरेको छ। बैंकले पुस ३० गते शुक्रबार बालुवाटार स्थित आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  

बैंकले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकको सभामा सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने,  आ.व. २०७८/७९ (२०२१/२२) को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पेश हुने छ । त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग एक आपसमा गाभ्न गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , नियामकबाट थप समशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved