एनआईसी एशिया क्यापिटलले कम्पनीहरुलाई आईपिओ निष्काशन गर्न सघाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2022 | 08:17:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग संस्थागत परामर्श सेवा अन्तर्गत आईडीया टु आईपिओ नामक नयाँ सेवा संचालनमा ल्याएको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको स्थापना पूर्वदेखि कम्पनी स्थापना, संचालन, व्यवसाय वृद्धि, व्यवसाय विस्तार हुदै आईपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुयाउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने छ ।

यो सेवा जुन सुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्ने क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार विशेष गरि यो सेवा कृषि, हाइड्रो, होटेल, टुरिजम, स्वास्थ्य सेवा, टेक्सटाईल्स, उत्पादन तथा प्रशोधन , मिनरल्स, फिनटेक, फर्मासुटिकल्स, उर्जा, इकमर्श, सूचना प्रविधि, निर्माण, आतिथ्य सेवासँग सम्बन्धित  लगायत प्रचलित कानून बमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीहरुले लिन सक्ने छन् । 

कुनै पनि कम्पनी स्थापन कालदेखि आईपिओ जारी गर्ने अवस्था सम्म पुऱ्याउनु आफैमा एउटा लामो प्रकृया भएकोले क्यापिटलले यस सेवा अन्तर्गत जुन सुकै अवस्थामा रहेको कम्पनीहरुलाई सहजै रुपमा आईपिओ जारी गर्ने अवस्थामा पुऱ्याउन महत्वपूर्ण सहयोग गर्ने जनाएको छ। क्यापिटलको मार्गदर्शन, सहयोग र सहकार्यले गर्दा कुनै पनि कम्पनीलाई सफल कम्पनीको रुपमा स्थापित गराउने क्रममा आईपर्ने हरेक कोसेढुङ्गाहरु सरल र सहजताका साथ हासिल गर्न मद्दत गर्ने क्यापिटलको विश्वास छ।

क्यापिटलले भनेको छ ' यस सेवाले सम्बन्धित कम्पनीको सेवा तथा व्यवसायीक प्रकृतिको गहन अध्ययन अनुसन्धान गरी उक्त कम्पनीलाई आईपिओ जारी गर्दा नियमनकारी निकायहरुले पुरा गर्नुपर्ने भनि तोकेको सम्पूर्ण सर्तहरु पुरा गर्नको लागि आवश्यक परामर्श तथा उचित मार्गदर्शन प्रदान गर्दछ ।'

 आईडियादेखि आईपिओ यात्रालाई सफलतापूर्वक अगाडी बढाउन प्राइभेट इक्विटी भेन्चर लगानीको लगानीले महत्वपूर्ण भूमिका खेल्ने र क्यापिटलले प्राइभेट इक्विटी भेन्चर लगानी संचालनको अनुमति पत्रको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेको र उक्त अनुमति प्राप्त भए पश्चात मात्र यो सेवा समेत संचालन गरिने जनाएको छ। यस प्रकारको कोषले पूँजीको श्रोत जुटाईदिने मात्र नभई कम्पनीलाई थप नयाँ उचाइमा पुयाउनको लागि सम्बन्धित कम्पनीको व्यवसायको मापन, तत्काल सुधार गर्नुपर्ने पक्ष, दक्ष जनशक्तिको विकास तथा नियुक्ती, कम्पनीको ब्राण्डिङ्ग, व्यवसायीक कार्ययोजना, भविष्यमा आइपर्ने चुनौतिहरुको सामना गर्नको लागि आवश्यक रणनीतिको तर्जमा, व्यवसाय विस्तार तथा लागत कम गर्नको लागि नविनतम प्रविधिको प्रयोगका साथै कम्पनीको आक्रमक रुपमा व्यवसाय विस्तारको लागि सही समयमा आवश्यक पूँजी व्यवस्थापन गरिदिने लगायतका कार्यहरु गर्दछ ।

अधिकांश कम्पनीहरुले पूँजी तथा आवश्यक प्राविधिक ज्ञान, सीपको अभावले गर्दा सम्बन्धित व्यवसाय सोचे अनुरुप बिस्तार नभएको क्यापिटलले उल्लेख गरेको छ। सोही कुरालाई मध्य नजर गर्दै क्यापिटलले पूँजीको अभावमा व्यवसाय बिस्तार गर्न नसकिरहेका कम्पनीहरुलाई धितोपत्रको दोश्रो बजार मार्फत सर्वसाधारणमा शेयर जारी गर्ने व्यवस्था मिलाई थप पूंजी जुटाइदिने मुख्य उद्देश्यका साथ क्यापिटलले “IDEA to IPO" सेवा अन्तर्गत कम्पनी स्थापना काल देखि आईपिओ जारी गर्ने अवस्था सम्म पुरा गर्नुपर्ने सम्पूर्ण आवश्यक प्रकृयाहरु तथा आईपिओ निष्काशन पश्चात गर्नुपर्ने सम्पूर्ण कार्यलाई एकिकृत कार्ययोजना बनाई IPO- Readiness Assessment Test (RATE) सेवा उपलब्ध गराएको जनाएको छ ।

क्यापिटलका अनुसार यस IPO-Readiness Assessment Test (RATE) प्रकयाबाट सम्बन्धित कम्पनीको रणनीति, इक्वीटी, कर्पोरेट गभर्नेन्स, वित्तीय अवस्था, व्यवस्थापन, नियमनकारी निकायले तोके बमोजिमको मापदण्ड पुरा भएनभएको ग्याप पत्ता लगाई उक्त ग्याप/कमी कमजोरीहरु सुधार गर्न सहयोग गर्दछ । सर्वसधारणमा शेयर जारी गर्दा कम्पनीको वित्तीय अवस्थाको राम्रोसँग अध्ययन गरि धितोपत्र बोर्डले निर्धारण गरेको तथा प्रचलित अन्तराष्ट्रिय Valuation Model को प्रयोग गरी सर्वसाधारणमा जारी गरिने शेयरको मूल्य निर्धारण गरिने छ । उक्त अध्ययन अनुसार सम्बन्धित कम्पनीले उचित मुल्यमा आईपिओ जारी गर्दा Par Value मा मात्र नभई कम्पनीको वित्तीय तथा अन्य समग्र अवस्थाको मुल्याङ्ककन गरी थप Premium वा Book Building विधिबाट बिक्री गर्न समेत सझाव दिईनेछ । IPO- Readiness Assessment Test (RATE) गर्दा कुनै पनि कम्पनीको आईपिओ जारी गर्न योग्य देखिएको अवस्थामा तुरुन्त आईपिओ शेयर जारी गर्न आवश्यक प्रकृया अगाडी बढाइनेछ।IPO- Readiness Assessment Test (RATE) गर्दा कुनै पनि कम्पनीको तत्तकाल आईपिओ जारी गर्न नसक्ने अवस्था देखिएमा तेस्ता कम्पनीहरुको आईपिओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण प्रकृयाको सम्बन्धमा आवश्यक परामर्श तथा मागदर्शन दिई यथासिघ्र आईपिओ जारी गर्न योग्य कम्पनी बनाउन आवश्यक सहयोग गरिनेछ । यदि आईपिओ मा जान नमिल्लने वा लामो समय लाग्ने देखिएका कम्पनीहरुलाई शेयर कारोवारका लागि OTC Markets मा सूचिकरण गराउन आवश्यक सहयोग गरिने क्यापिटलले उल्लेख गरेको छ ।

कुनै पनि कम्पनीले आईपिओ जारी गरे पश्चात अर्थात पब्लिक कम्पनीहरुले नियमनकारी निकायहरुले तोके बमोजिमको नियमित रिपोटिङ्ग, शेयरधनी विवरण अध्यावधिक गर्ने लगायतका कार्यहरु नियमित गर्नुपर्ने भएकोले क्यापिटलले आफ्नो शेयर रजिष्ट्रार सेवा अन्तर्गत उक्त सम्पूर्ण सेवा समेत प्रदान गर्ने क्यापिटलले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved