आईएमई जनरल इन्स्योरेन्सद्वारा हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2022 | 08:30:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल इन्स्योरेन्स IME General Insurance  ले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।   यस हिसाबमा माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।   

कम्पनीले १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको ।  कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 

कम्पनीले  भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते अनुमति प्रदान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved