महालक्ष्मी विकास बैंकको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2022 | 08:24:28 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो । यस अघि अदालतको आदेशमा २ पटकसम्म बैंकको साधारणसभा रोकिएको थियो । 

अदालतले साधारणसभा गर्न बाटो खुला गरेपछि बैंकले सभा आह्वान गरेको हो।  बैंकका शेयरधनी गिरिराज पोख्रेल र प्रमोद श्रेष्ठले बैंकको साधारणसभा र निर्वाचन कार्यक्रम रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले  बैंकको साधारणसभा र निर्वाचन कार्यक्रम रोक्न आदेश दिएको थियो ।  तर अर्को दिन अदालतले अन्तरिम आदेश नहुने फैसला गरेको थियो । न्यायाधीश विपुल न्यौपाने र निलम पौडेलको संयुक्त इजलाशले निवेदकको माग बमोजिमको अन्तरिम आदेश नहुने फैसला गरेको हो । यस संगै बैंकलाई साधारणसभा गर्ने र संचालकको निर्वाचन गर्ने बाटो खुलेको थियो । 

बैंकले पुस २५ गते आइतबारको लागि साधारणसभा आह्वान गरेको थियो । सो सभामा अदालतले निर्वाचनको कार्यक्रम नगर्न आदेश दिएको थियो । तर गणपुरक संख्या नपुगेपछि सो दिनको सभा स्थगित भएर माघ ३ गतेको लागि सभा आह्वान भएको थियो । अदालतको आदेशपछि माघ ३ दिने गतेको लागि तोकिएको सभा पनि स्थगित भएको थियो। अदालतको आदेश संगै बैंकले साधारणसभाको नयाँ मिति तोकेको हो । 

कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  । 

सभामा कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्बबाट ८ अर्ब पुर्याउने, ३ जना संस्थापक समुहको र ३ जना सर्वसाधारण शेयरधनी समुहको गरि कुल ६ जना संचालकको निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुने छन्  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved