हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान, मर्जरमा जाने बाटो खुलाउदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2022 | 08:39:25 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन ३० गते सोमबार भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको ६.५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ३ लाख ३६ हजार ७ सय रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : 

(क) सामान्य प्रस्तावः

(१) अठ्ठाईसौ वार्षिक साधारण सभामा संचालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्यूटीमा भएको परिवर्तन र तत् सम्बन्धी अनुसूचीहरु पारित गर्ने।

(३) संचालक समितिको सिफारिस वमोजिम चुक्ता पूँजी रु.१,१०,०३,३६,७०० को ६.६५ प्रतिशतले हुन आउने रु.७,३१,७२,४०० बोनश शेयर प्रदान गर्दा लाग्ने कर वापत चुक्ता पूँजीको ०.३५ प्रतिशतका दरले हुने रु.३८,५१,१७९ नगद लाभांश पारित गर्ने।

(४) आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक लेखापरीक्षण समितिले सिफारिस गरे वमोजिम अनुमोदन गर्ने । (हालका लेखापरीक्षक श्री एन.अमात्य एण्ड कम्पनी पुनः नियुक्तीको लागि योग्य हुनुहुन्छ)

(५) विविध।

विशेष प्रस्ताव 

(१) संचालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पूँजी रु.१,१०,०३,३६,७०० को ६.६५ (छ दशमलव छ पाँच) प्रतिशतले हन आउने रु.७,३१,७२,४०० बरावरको बोनस शेयर जारी गर्ने । त्यसरी बोनस शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको परा अंक कायम गर्ने । साथै बोनश शेयर जारी गर्दा जारी तथा चुक्ता पूँजी वृध्दि हुने भएबाट सोही अनुरुप प्रवन्धपत्र र नियमावलीमा
संशोधन गर्ने।

(२) यस कम्पनीले अन्य कुनै कम्पनीलाई प्राप्ती (Aqusition) गर्ने वा एक आपसमा गाभिने (Merger) प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीको लागि विमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ती तथा दायित्वहरुको मूल्याङ्कन (Due Diligence Audit) गर्न मूल्याङ्कनकर्ता नियुक्ती तथा प्राप्ती (Acquisition) गर्न वा एक आपशमा गाभिने (Merger) संग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु वमोजिम गर्नुपर्ने सम्पूर्ण आवश्यक प्रक्रियाहरु पुरा गरि अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने लगायतका कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने। 

(३) विशेष प्रस्तावको संशोधनहबाट प्रवन्धपत्र र नियमावलीको संशोधनहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सझाव भएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(४) विविध

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved