बेष्ट फाइनान्सको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 10:11:01 AM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स Best Finance Company  ले साधारणसभा आह्वान गरेको छ। कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले चैत्र ४ गते साधारणसभा गर्ने निर्णय गरेको हो 

कम्पनीले  नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने भएको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव ": 

(क) सामान्य प्रस्ताव
१. यस बेष्ट फाइनान्स कम्पनी लि. को आ. ब. २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब.२०७७/०७८ को बार्षिक वित्तीय विवरण (२०७७ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने ।

३. लेखापरिक्षण समितिको सिफारिस बमोजिम आ.ब.२०७८/०७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(ख) विशेष प्रस्ताव
१. यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने / गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्यांकन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्यांकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(ग) बिबिध

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved