सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान , आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2022 | 09:01:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ।कम्पा नीले चैत्र ११ गते काठमाडौँको ठमेल स्थित अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो ।

सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्तवा पेश हुने छन् । कम्पनीले हालसम्म आईपिओ निष्काशन गरेको छैन । कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्ने तयारी गरेको छ । अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरिसकेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश प्रस्ताव: 

सामान्य प्रस्तावः

१. अध्यक्षज्यूको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने बारे ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।

४. सञ्चालक समितिको बैठक भत्ता तथा सुविधा बारे।

५. सर्वसाधारण शेयर सार्वजनिक निष्कासन गर्ने बारे।

(ख) विशेष प्रस्तावः

१. कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समावेश गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने बारे ।

२. कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित Corona Relief and Prevention Fund मा कम्पनीका तर्फबाट गरिएको योग्दान/आर्थिक सहायता वापतको रकम रु. ७५००००/ (अक्षेरुपी सात लाख पचास हजार मात्र) कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम अनुमोदन गर्ने बारे।

(ग) विविध।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved