गरिमा विकास बैंकको साधारणसभा आह्वान, बोनसपछि थप १ लाख कित्ता शेयर निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 07:56:58 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले चैत्र १८ गते शुक्रबार पोखराको बिरौटा स्थित होटेल ग्राण्ड पोखरामा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकएल आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  १६ प्रतिशतले हुन आउने त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ। गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने छ । 

त्यस्तै बैंकले सहारालाई गाभेपछि संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशत कायम राख्नको लागि  १ लाख ९ हजार ८ सय ११ कित्ता थप संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव सभामा लैजाने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव ; 

सामान्य प्रस्तावहरु

(१) अध्यक्षज्यू को मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको गरिमा विकास बैंक लिमिटेड तथा साविक सहारा विकास बैंक लिमिटेडको २०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गर्ने ।

(३) लेखापरीक्षण समितिको सिफारिश बमोजिम गरिमा विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न तथा साविक सहारा विकास बैंक लिमिटेडको मिति २०७८/०७/२७ गते सम्मको वित्तीय विवरण प्रमाणित गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

विशेष प्रस्तावहरु

(१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात हाल कायम चुक्ता पुँजी रु.३,९४,८१,८३,१०५।०८ (अक्षरेपी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैयाँ र पैसा आठ मात्र) को १६ प्रतिशतले हुन आउने रकम रु.६३,१७,०९,२९६।८१ (अक्षरेपी त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे रुपैयाँ र पैसा एकासी मात्र) बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । साथै, बोनस शेयर जारी गर्दा दशमलव पछिको शेयर (Fraction Share) अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने । (गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकीकृत कारोबार गरिएको सन्दर्भमा प्रस्तावित लाभांशमा तिर्नु पर्ने कर मिति २०७८ कार्तिक २८ गते कायम शेयरधनीहरुको हकमा छुट पाउने भएकाले सो मिति भन्दा पछाडी दोस्रो बजारबाट शेयर खरिद बिक्री भई कायम शेयरधनीहरुले प्रस्तावित लाभांश बापत नियमानुसार तिर्नु बुझाउनु पर्ने लाभांश कर नगदै भुक्तान गर्नु पर्नेछ ।)

(२) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा रहेको व्यवस्था बमोजिम विकास बैंकको चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक समूहका शेयरधनीहरुको हुनुपर्नेमा गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई शेयर अभिलेखन हुँदा संस्थापक शेयरधनीहरुको स्वामित्व ५१ प्रतिशत कायम नहुने अवस्था सिर्जना भएकोले नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृति प्राप्त गरी विकास बैंकले प्रस्ताव गरेको बोनश शेयर वितरण पश्चात कायम हुने कूल चुक्ता पुँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १०९,८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने ।

(३) विशेष प्रस्ताव नं. (१) र (२) पारित भए बमोजिम हुने गरी विकास बैंकको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

(४) गरिमा विकास बैंक लिमिटेड र अन्य ईजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा गरिमा विकास बैंक लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्था(हरु) प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था(हरु) खोजी गर्न, उपयुक्त लागेको बैंक तथा वित्तीय संस्था संग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमतिपत्र (Memorandum of Understanding) तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न र निजबाट बैंकको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गराउने, तथा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने, गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धी कार्यको लागि प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रकृया अवलम्बन गरी एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

(५) विकास बैंकको प्रवन्धपत्रमा भएका संशोधनको स्वीकृति लिने क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट फेरबदल, परिमार्जन, थपघट तथा संशोधन गर्नको लागि निर्देशन प्राप्त भएमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved