एनआईसी एसिया बैंकद्वारा साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2022 | 10:55:48 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले चैत्र २० गते आइतबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा गर्ने भएको हो । 

बैंकले साधारणसभा प्रयोजनको लागि चैत्र ८ देखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । नेपाल राष्ट्र बैंकले रोक लगाएपछि बैंकले लाभांश भने वितरण गर्ने छैन ।  

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव :

 सामान्य प्रस्ताव

१. आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७७/७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।

३. यस बैंक तथा बैंकको सहायक कम्पनी श्री एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. तथा
श्री एन आई सी एशिया क्यापिटल लि. को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने ।

४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (कम्पनी ऐन, २०६३ को दफा १११(3) बमोजिम बहालवाला लेखापरीक्षक श्री एस. ए. आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स् पूनः नियुक्त हुन योग्य हुनुहन्छ ।)

५. संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकको लागि निर्वाचन गर्ने ।

विशेष प्रस्ताव

१. बैंकको प्रवन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने ।

२. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल,
थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

३. मिति २०७८/०७/१० मा सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं.२, सानेपा बस्नुहुने श्रीमति बिजया स्वारलाई नियक्त गर्ने निर्णय गरेकोमा सो लाई  अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved