स्थगित भएको नेशनल हाइड्रोपावरको साधारणसभाको नयाँ मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2022 | 08:33:04 AM मा प्रकाशित

laxmi  sunrise bank

गणपुरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको नेशनल हाइड्रोपावरको साधारणसभाको नयाँ मिति तय भएको छ । कम्पनीले फागुन ३० गते आह्वान गरेको साधारणसभा  कोरम नपुगी स्थगित भएकोमा कम्पनीले साधारणसभाको लागि नयाँ मिति तय गरेको हो ।  

अब कम्पनीको साधारणसभा चैत्र ११ गते दिउँसो १ बजे बालुवाटार स्थित डेलिस ओपेरा रेस्ट्रो एण्ड न्यान्क्वेटमा हुने छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । 

त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने शेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता शेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १:०.२५ को स्वापमा गाभ्न लागेको हो । 

कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved