तारागाउँ रिजेन्सी होटेलको साधारणसभा आह्वान , लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2022 | 08:46:32 AM मा प्रकाशित

laxmi  sunrise bank

तारागाउँ रिजेन्सी होटेल Taragaon Regency Hotel  ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र २७ गते बिहान ११ बजे  भर्चुअल माध्यमबाट आर्थिक वर्ष ७७/७८ को सभा गर्न लागेको । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १२ देखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश घोषणा गरेको छैन । 

कम्पनीको सभामा  आर्थिक वर्ष २०७७/०७८ (२०२०/२०२१) को सञ्चालक समितिको २५ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/०७८ (२०२०/२०२१) को वित्तिय विवरणहरु : वासलात, नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण र लेखा टिप्पणीहरु स्वीकृत गर्ने, आ.व. २०७४/०७९ (२०२१/२०२२) को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, आईसिटिसी होल्डिङ कम्पनी प्रा.लि. बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक दिजा श्रेष्ठको स्थानमा जयादिन श्रेष्ठको नियक्तीलाई अनुमोदन गर्ने र प्रवन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved