सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा आह्वान, मर्जरको प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2022 | 10:59:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ३० गते बुधबार पर्यटन बोर्डको सभाकक्षमा साधारणसभा गर्न लागेको हो  

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।   

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

क. सामान्य प्रस्तावः

१. सञ्चालक समितिको तर्फवाट अध्यक्ष ज्यू द्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा-नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह सहितको विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु छलफल गरी पारीत गर्ने ।

३. लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व.२०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री एस.ए.आर. एसोसियट्स ,चार्टर्ड एकाउण्टेण्टस् कानुनत पुन: नियुक्त हुन सक्नेछ।

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चक्ता पंजीको ०.७८९५ प्रतिशतले हुन आउने रकम रु.८८,४२,१०५- नगद लाभांश प्रस्तावित वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) स्वीकृत गर्ने ।

५. सञ्चालक समितिमा रिक्त स्वतन्त्र (विज्ञ) सञ्चालकको पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने ।

ख. विशेष प्रस्तावः

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम रु. १६,८०,००,०००/- वरावरको वोनस शेयर जारी गर्ने ।

२. प्रवन्ध पत्रको दफा ५ को (ख) मा रहेको पुँजी सम्वन्धि व्यवस्थालाई संशोधन गर्ने ।

३. नियमावलीको नियम ५ को (ख) र (घ) पुँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्ने ।

४. प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्धेश्य अर्न्तगत "(झ) सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने" व्यवस्था थप गर्ने ।

५. निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने ।

६. नियमावलीको नियम २८ को उप-नियम १ मा रहेको सञ्चालकलाई प्रदान गरिने वैठक भत्ता सम्वन्धि व्यवस्थालाई संशोधन गरी वैठक भत्ता वृद्धि गर्ने ।

७. संशोधित प्रवन्ध पत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायवाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved