सेयरधनीहरुको मनोबल उच्च बनाउन बोनस शेयर दिइएको हो: टेलिकम अध्यक्ष अर्याल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 01:37:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले सेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस शेयर प्रस्ताव गरिएको जनाएको छ  । बिहीबार काठमाडौंमा आयोजित कम्पनीको १४ औं वार्षिक साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस सेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको बताएका हुन् ।

अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए । अनलाईन पेपेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ ।

अध्यक्ष अर्यालले नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको जानकारी दिए ।   उनले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पारे । अध्यक्ष अर्यालले भने , ‘अन्तराष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्व ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्व १३ करोड कायम गर्न कम्पनी सफल भएको छ । कोभिड १९ को कारणले भ्वाईस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरुले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’ 

कम्पनीले पहिलो पटक शेयरधनीलाई बोनस प्रस्ताव गरेको हो । कम्पनीले २० प्रतिशत नगद र २० प्रतिशत बोनस गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved