नासा ईन्भेष्टमेन्टको काम गैर कानुनी, तत्काल बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 04:22:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नासा ईन्भेष्टमेन्ट प्रा.लि लाई सेवा बन्द गर्न निर्देशन दिएको छ । कम्पनीले बोर्डको अनुमति नलिई धितोपत्र व्यवसाय सम्बन्धी कार्य गरेकोले उक्त कार्य बन्द गर्न पत्राचार गरेको जनाएको छ।

बोर्डद्वारा जारी सूचना भनिएको छ 'भृकुटी चौक, विराटनगर–५, प्रदेश नं. १ स्थित नासा ईन्भेष्टमेन्ट प्रा. लि. ले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र नलिई डिम्याट खाता, मेरो शेयर, ब्रोकर खाता (TMS) को सहजीकरण गर्ने, शेयर बजारमा पोर्टफोलियो म्यानेजमेण्ट सम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिद विक्री सम्बन्धी परामर्श दिने जस्ता धितोपत्र सम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको भन्ने जानकारी प्राप्त जानकारीको भएकोमा उक्त कम्पनीलाई उक्त कार्यहरु बन्द गरी बार्डमा जानकारी गराउन पत्राचार गरिएको छ ।'

बोर्डले प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम उपर्युक्त कार्यहरु नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र लिएर मात्र संचालन गर्न पाईने भएकोले बोर्डबाट अनुमति पत्र प्राप्त नगरी उल्लेखित कार्यहरु गरेमा उक्त कार्य गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने समेत उल्लेख गरेको छ।




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved