नेप्सेमा बिन्ध्यवासीनी हाइड्रोको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 03:14:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिन्ध्यवासीनी हाइड्रोको शेयर सुचिकृत भएको छ । आज बुधबार कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको हो । 

 शेयर सुचिकृत भएसंगै बिहिबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १११.३४ रुपैयाँदेखि ३३४.०२ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । बिहीबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको BHDC सिम्बलबाट कारोबार हुने छ । 

कम्पनीले जेठ २० गतेदेखि  जेठ २५ गते अन्तिम सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।  बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका दिए ।    

कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved