एनआईबिएल एस क्यापिटलद्वारा २० प्रतिशत लाभांश प्रस्ताव, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2022 | 08:38:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १८ गते लाजिम्पाट स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

साधारणसभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:सामान्य प्रस्तावहरु:
१) आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३२, २०७९ मा समाप्त भएको आर्थिक वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम २० प्रतिशत नगद लाभांश (रू. २७,००,००,०००/- चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम रू. ५,४०,००,०००/-) करसहित वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

४) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण गर्न संचालक समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने ।

विशेष प्रस्तावहरू:

१) मुख्य कम्पनी श्री नेपाल इन्भेष्टमेण्ट बैंक लि. हाल गाम्ने/गाभिने (Merger) प्रकृयामा रहेको र मुख्य कम्पनी श्री नेपाल इन्भेष्टमेण्ट बैंक लि. अन्य मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका बैंक/वित्तीय संस्थाहरूसँग गाभिएमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९(क) बमोजिम सो कम्पनीसँग गाभ्ने/गाभिने तथा अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूसँग गाभ्ने/गाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरू बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरू पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरूबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने ।

२) यस कम्पनीको नियमावलीको नियम ३१ (१) संशोधन गरी सञ्चालक समितिको भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

३) विशेष प्रस्तावका संशोधनहरूबाट प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने ।

४) आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान/दान रकम रू. १३.१२,४१९/- पारित गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved