कुन मूल्यमा भयो धौलागिरी लघुवित्तको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 10:54:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा धौलागिरी लघुवित्तको शेयर कारोबार सुरु भएको छ। आज आइतबारको स्पेसल प्रि ओपन सेसनमा  पहिलो कारोबार भएर मूल्य तय भएसँगै कम्पनीको नियमित कारोबार भएको हो ।

स्पेसल प्रि ओपन सेसनमा प्रति कित्ता १७९.७ को मूल्यमा पहिलो कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १४८.६६ रुपैयाँदेखि ४४५.९८ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा १७९.७ को मूल्यबाट कम्पनीको कारोवार सुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।  कम्पनीको DLBS सिम्बलबाट कारोबार भएको हो । 

गत बिहिबार कम्पनीको १० लाख ३१ हजार कित्ता शेयर सुचिकृत भएको थियो । 

लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार १ सय ५५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १६ हजार ५ सय ५० कित्ता शेयर कर्मचारी तथा सर्बसाधारणहरुलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका थिए।  

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved