नेप्सेको एपीआई लिन इच्छुकले ३० दिनभित्र आवेदन दिनु पर्ने, यस्तो छ दररेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2022 | 12:42:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि लागु गरेको छ । कार्यविधि लागु भएपछि नेप्सेबाट शेयर कारोबार समबन्धि तथ्यांकको एपीआई लिई प्रयोग गर्न सकिने भएको छ।

नेप्सेले ईच्छुक तथ्यांक प्रयोगकर्ताहरुलाई चालु आ.व. २०७९/८० को लागि तथ्यांक प्रयोग गर्नको लागि ३० दिन भित्र आवेदन दिन आग्रह गरेको छ  । नेप्सेको कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक निकायका लागि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ४ मा  नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजात सहित नेप्सेमा निवेदन दिनु पर्ने छ ।  यस सम्बन्धि विस्तृत जानकारीका लागि  नेप्सेको प्रणाली संचालन शाखामा सम्पर्क गर्न पनि नेप्सेले आग्रह गरेको छ ।

तथ्यांक लिनको लागि नेप्सेले विभिन्न संस्था तथा निकायलाई फरक फरक दर तोकेको छ ।

हेर्नुस् कार्यविधि र दररेट ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved