नबिल इन्भेष्टमेन्टको खुलामुखी म्युचुअल फण्ड योजनाको इकाई आजदेखि बिक्रिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 08:34:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्टले आज कार्तिक २३ गतेदेखि आफ्नो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि खुला गरेको छ ।  नबिल इन्भेष्टमेन्टले नबिल फ्लेक्सी क्याप फण्ड नामको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्रि खुला गरेको हो 

 नबिल फ्लेक्सी क्याप फण्डको आकार ७५ करोडको रहेको छ।  नबिल फ्लेक्सी क्याप फण्डले ७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख इकाई निष्काशन गर्न लागेको हो। जस मध्ये सर्बसाधारणलाई ६ करोड ३५ लाख ५० हजार इकाई छुट्याईएको छ । बाँकि रहेको इकाईहरु कोष प्रबर्दक नबिल बैंक र योजना ब्यबस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याईएको छ । सर्बसाधारणलाई छुट्याईएको ६ करोड ३५ लाख ५० हजार मध्ये मध्ये पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गर्न लागिएको हो 

यस निष्काशनमा न्युनतम १०० कित्ता र अधिकतम ७५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा कार्तिक २७ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा मङ्सिर ७ गतेसम्म आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले भदौ २७ गते फण्डलाई अनुमति प्रदान गरेको थियो । 

खुलामुखी योजनाको कुनै निश्चित अवधि हुदैन । साथै नेप्सेमा सुचिकृत पनि हुदैन । तर योजना ब्यबस्थापकलाई आफुले चाहेको जुनसुकै बेलामा इकाई बिक्रि गर्न सकिने छ । बन्दमुखी योजनाको इकाई बिक्रि गर्दा खरिदकर्ता आवश्यक पर्छ र खरिदकर्ता नहुँदा इकाई बिक्रि नहुन पनि सक्छ । तर खुलामुखीको हकमा भने योजना ब्यबस्थापकले नै इकाई खरिद गर्ने हुँदा बिक्रि गर्न नपाइने समस्या हुदैन 

हालसम्म नेपालमा ५  वटा खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा  छन् । यो बजारमा आउने छैठौ खुलामुखी म्युचुअल फण्ड योजना हुने छ । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल , एनएमबि क्यापिटल र लक्ष्मी क्यापिटलले  खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved