पिपुल्स हाइड्रोपावरको आईपिओ बाँडफाँड, ३५ सय ४६ जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2022 | 04:21:09 PM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज दिउँसो ४ बजे क्यापिटल कै कार्यालयमा आईपिओ बाँडफाँड गरेको हो

आईपिओमा कुल १२ लाख ३० हजार ६ सय ५ जनाले आवेदन दिएकोमा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । दोहोरो आवेदन दिएका, स्थानीय शेयरधनीले आवेदन दिएका र प्रमोटर शेयरधनीले आवेदन दिएका गरि कुल ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ 

बाँकि रहेका १२ लाख २७ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथा गरि शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५ लाख १५ हजार ७ सय ८८ जनाले १० कित्ताको दरलेले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् 

कम्पनीले कार्तिक २५ गतेदेखि कार्तिक २९ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियो। कम्पनीले सर्बसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गरेको हो  । यसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता शेयर पनि समावेश थियो ।  ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर मध्ये ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १ सय ९० कित्ता कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको थियो । त्यस्तै कुल निष्काशनको ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३ सय २० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको थियो  । बाँकि रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएक थिए। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने थियो । 

कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved