मर्जर प्रक्रियामा रहेको सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 04:42:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर १२ गतेको निर्णय अनुसार सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको हो । यस सँगै अब मंगलबारबाट बैंकको शेयर कारोबार गर्न सकिने भएको छ ।

 नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार  अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । 

सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका एनसीसी बैंक,  सेन्चुरी बैंक, साना किसान विकास लघुवित्त, आरएमडिसी लघुवित्त, कुमारी बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, सिभिल बैंकको शेयर कारोबार फुकुवा भईसकेको छ ।  बीमा कम्पनीको कारोबार फुकुवा भएको यो नै पहिलो हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved