प्रभु बैंक र चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 10:07:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक र चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज मङ्सिर २९ गते अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रभु बैंकले पुस १४ गते बिहिबार आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा लाभांश तथा सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफ बाट ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्ताव :


१. आ.व.२०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित आ. व. २०७८ / ०७९ को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।
३. यस बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको आ.व. २०७८ / ०७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।
४. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०७९ / ०८० का लागि लेखापरीक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।
५. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ. व. २०७८ / ०७९ को मुनाफासमेतबाट सोही अवधिमा कायम चुक्ता पूँजी रु.१२,७०,८७,०४,१७५/- को १.५० प्रतिशतले हुने रकम रु.१९,०६,३०,५६२/६३ (रु.उन्नाईस करोड छ लाख तीस हजार पाँच सय बासठ्ठी पैसा त्रिसठ्ठी मात्र) नगद लाभांश (वोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेतका लागि) वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

विशेष प्रस्ताव: 

१. बैंकको अधिकृत पूँजी रु.१२,७०,८७,०४,१७५ /- लाई बृद्धि गरी रु.२४,००,००,००,०००/- (रु. चौबीस (अर्व) कायम गर्ने ।

२. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७८ / ०७९ को मुनाफासमेतबाट सोही अवधिमा कायम चुक्ता पूँजी रु.१२,७०,८७,०४,१७५/- को ६.५० प्रतिशतले हुने रु.८२,६०,६५,७७१ / ३८ (रु. बयासी करोड साठी लाख पैंसठ्ठी हजार सात सय एकहत्तर पैसा अठतीस मात्र) बराबरको वोनस शेयर वितरण गर्न स्वीकृत गर्ने तथा वोनस शेयर वितरणका कारणले बैंकको जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

३. सञ्चालकहरुको भत्ता तथा सुविधा बृद्धि गर्न नियमावलीमा संसोधन गर्ने सम्बन्धमा ।

४. प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेका निर्णय लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्ने ।

५. प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रयोजनका लागि मूल्याङ्कनकर्ता श्याम कार्की एण्ड कम्पनी, चाटर्ड एकाउण्टेण्ट्सबाट प्राप्त लक्षित संस्थाको चल/अचल सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन प्रतिवेदन ( Due Diligence Audit Report) को आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपातमा वर्तमान बजार मूल्य, संस्थाहरुको व्यवसायिक अवसर तथा भविष्यको बजार विस्तारको सम्भावना समेतका विषयहरुको आधारमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १०० कित्ता शेयर बराबर प्रभु बैंक लिमिटेडको १०० कित्ता शेयर प्रदान गर्ने (Share Swap Ratio 1:1) गरी सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्न स्वीकृति प्रदान गर्ने ।

६. प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी अन्तिम सम्झौता स्वीकृत गर्ने तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी अन्य प्रकृया पुरा भएको हुँदा प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी स्वीकृति प्रदान गर्ने ।

७. प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरे पछि सम्झौतापत्र अनुसार बैकको पूँजी संरचनामा परिवर्तन हुने हुँदा सो बमोजिम हुने गरी प्रबन्धपत्रका विभिन्न दफामा आवश्यक संशोधन, हरेफेर गर्ने ।

८. प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै संशोधन एवं परिमार्जन गर्न निर्देशन भएमा सोही बमोजिम प्रबन्धपत्र, नियमावलीका बिभिन्न दफा / नियममा आवश्यक संशोधन एवं परिमार्जन गर्न तथा प्राप्ति (एक्विजिसन) का सम्बन्धमा गर्नु पर्ने अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

९. बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

१०.बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन ( Due Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।


त्यस्तै चिलिमेले पुस २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको र  सो अगाडीको अन्तिम कारोबार दिन मङ्सिर २९ गते रहेकोले आजसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१.सञ्चालक समितिको आ. व. २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात र आ.व. २०७८ / ०७९ को नाफा/ (नोक्सान) हिसाव, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन (सम्बद्ध अनुसूचीहरू समेत) उपर छलफल गरी पारित गर्ने वारे ।

३.आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने वारे ।

४. सञ्चालक समितिबाट सिफारिश भए बमोजिम आ.व. २०७८ / ०७९ असार मसान्तको चुक्ता पूँजीको ७.५% ले हुन आउने रकम रू.५०,६३,८४,६०० / ६४ वरावरको नगद लाभांश (नियमानुसार सेयरधनीले तिर्नु पर्ने कर समेत) आ.व. २०७८/०७९ असार मसान्तको सञ्चित मुनाफाबाट बितरण गर्ने स्वीकृति बारे ।


५. विशेष प्रस्तावः
(क) कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने बारे ।

(ख) सञ्चालक समितिबाट सिफारिश भए बमोजिम आ.व. २०७८ / ०७९ असार मसान्तको चुक्ता पूँजीको ७.५% ले हुन आउने रकम रू.५०,६३,८४,६०० / ६४ वरावरको वोनश शेयर आ.व. २०७८ / ०७९ असार मसान्तको सञ्चित मुनाफाबाट बितरण गर्ने स्वीकृति बारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved