शेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 03:29:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ११.८१ अंकले घटेर १९७२.१५ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका २५७ कम्पनीका ६५ लाख ३० हजार ४ सय १५ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २ सय ७ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । हिजो झन्डै ४ अर्ब कारोबार भएकोमा हिजोको तुलनामा कारोबार पनि पनि घटेको हो ।

आज कारोबारमा आएका मध्ये नबिल बैंकको सर्वाधिक ८ करोड ८५ लाख, रिडी हाइड्रोको ८ करोड ४० लाख, अपर तामाकोशीको ७ करोड ८४ लाख, तथा हिमालयन डिस्टिलरीको ७ करोड २३ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स, धौलागिरी लघुवित्त, श्रिंजनशील लघुवित्त, खप्तड लघुवित्त, र विन नेपाल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज महुली लघुवित्तको शेयर मूल्य सर्वाधिक ५.२० प्रतिशतले घटेको छ भने अजोड इन्स्योरेन्सको शेयर मूल्य ४.०६ प्रतिशतले घटेको छ । त्यस्तै सामुदायिक लघुवित्तको शेयर मूल्य ३.९३ तथा नाडेप लघुवित्तको शेयर मूल्य ३.६५ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका हाइड्रो बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये होटेल समुह सर्वाधिक २.२९ प्रतिशत घटेको छ भने लघुवित्त समुह १.०५ प्रतिशत घटेको छ ।हाइड्रो समुह भने ०.६७ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये ६० कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved