साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा, लगतै नेप्सेले रोक्यो कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 12:02:39 PM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ ।  कम्पनीको आज बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले लाभांश घोषणाबारेको जानकारी नेप्सेमा गराए लगत्तै नेप्सेले कम्पनीको कारोबार रोक्का राखेको छ । कम्पनीले आज बिहान ८:३० बजे संचालक  समितिको बैठक राखेर कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले स्पष्टिकरण सोध्दै कारोबार रोकेको हो ।

लाभांश बारेको सूचना कारोबार सुचारु हुन् अगावै जानकारी गराउनु पर्ने ब्यबस्था छ । कारोबार रोक्का हुनु अघि आज कम्पनीको ६७१ कित्ता शेयर कारोबार भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved