सर्बसाधारणलाई कालिन्चोक दर्शनको आईपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2023 | 08:24:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिन्चोक दर्शन लिमिटेडले आज माघ ३ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने  कम्पनीका कर्मचारीलाई २१ हजार ६ सय कित्ता शेयर छुट्याएको छ । बाँकि रहेको ८ लाख ९६ हजार ४ सय कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गर्न लागिएको हो  ।

यस निष्काशनमा सर्बसाधारणले माघ ६ गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ हजार ९ सय ९० कित्ता कित्ताको लागि आवेदन दिन सकिने छ   । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ  ।

कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved