कालिन्चोक दर्शन लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज माघ ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ ३ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो ।
कम्पनीले सर्बसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता सर्बसाधारणलाई निष्काशन गरेको छ । कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने कम्पनीका कर्मचारीलाई २१ हजार ६ सय कित्ता शेयर छुट्याएको छ । बाँकि रहेको ८ लाख ९६ हजार ४ सय कित्ता शेयरको लागि सर्बसाधारणलाई आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ हजार ९ सय ९० कित्ता कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ ।