दरम खोला हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2023 | 11:29:50 AM मा प्रकाशित

laxmi  sunrise bank

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा  लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।  कम्पनीले रु.१०० अंकित दरका ३९ करोड ५० लाख बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो।

कम्पनीले बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अनुसार आयोजनाको ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved