'फोर्स्ड लिभ'मा बोर्ड अध्यक्ष हमाल, दोस्रो वरियताका आचार्यलाई जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 07:35:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल फागुन १० गते बुधबारदेखि विदामा बसेका छन् । उनी एक साताको लागि 'फोर्स्ड लिभ' मा बसेका हुन्

विदामा बस्दा अध्यक्ष हमालले बोर्डको दैनिक भैपरी आउने कामकाजको जिम्मेवारी कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिएका छन् । यद्यपि केहि कर्मचारीहरुले भने पहिलो वरियताका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई जिम्मेवारी दिनु पर्नेमा दोस्रो वरियतामा रहेका विनय देव आचार्यलाई जिम्मेवारी दिएको भन्दै असन्तुष्टी जनाएका छन् 

बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले विनयदेव आचार्यले जिम्मेवारी पाएको पुष्टि गरे । प्रवक्ता श्रेष्ठले आफ्नो अनुपस्थितिमा कसलाई जिम्मेवारी दिने भन्ने विषय अध्यक्ष कै अधिकार भएको बताए । आफ्नो अनुपस्थितिमा कसलाई जिम्मेवारी दिने र के कति अधिकार प्रत्यायोजन गर्ने भन्ने विषय अध्यक्षलाई नै रहेकोले सोहि अनुसार जिम्मेवारी प्रदान भएको प्रवक्ता श्रेष्ठले बिजपाटीलाई बताए । 

नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावलीले कसलाई जिम्मेवारी दिने, र के कति जिम्मेवारी दिने भन्ने अधिकार अध्यक्षलाई रहेको छ । नियमावलीमा अध्यक्षले आफुलाई प्राप्त अधिकारहरूमध्ये कुनै अधिकार आफ्नो मातहतको अधिकृत कर्मचारीहरूलाई सुम्पन सक्ने व्यवस्था छ । 

यस अघि पनि हमालले आफु विदामा बस्दा विनय देव आचार्यलाई नै दैनिक कामकारवाही गर्ने जिम्मेवारी दिएका थिए ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved