२ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 09:03:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज फागुन १५ गते २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  साधारणसभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको ग्लोबल आईएमई लघुवित्त र आदर्श लघुवित्तको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो  ।

आज फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

ग्लोबल आईएमई लघुवित्तले फागुन २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले १२ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

आदर्श लघुवित्तले  फागुन ३० गते  सभा आह्वान गरेको छ  । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

 कम्पनीको साधारणसभाले पारित गरेपछि आजसम्म कायम शेयरधनीले यी कम्पनीले दिने लाभांश पाउँन सक्ने छन् । 




 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved