स्थानीयले दोल्ती पावरको आईपिओ भर्ने म्याद थपियो, श्रमिकहरुलाई आज अन्तिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 09:03:36 AM मा प्रकाशित

laxmi  sunrise bank

दोल्ती पावर कम्पनीले स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थपिएको छ। म्याद थपसँगै स्थानीयले चैत्र ७ गतेसम्म आवेदन दिन सक्ने छन्  श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको हकमा भने आज फागुन २५ गतेसम्म मात्र आवेदन दिन सकिने छ। 

कम्पनीले फागुन ८ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गरेको हो । कम्पनीले दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन ८ गतेदेखि आईपिओ निष्काशन गरेको हो 

कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र साविकका नौमुले र कालिका गाविसका स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर र यस बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर निष्काशन गरिएको छ।

त्यस्तै १ लाख ७ हजार २ सय ९८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको छ ।

  दुवै समुहले  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved