कालिञ्चोक हाईड्रोले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2023 | 05:04:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिञ्चोक हाईड्रोपावर लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले  निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको हो । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

सो सम्झौतापत्रमा कालिञ्चोक हाईड्रोपावर लिमिटेडको तर्फबाट कालिञ्चोक हाईड्रोपावरका अध्यक्ष ईन्दिरा पन्त र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । 

कम्पनीले ६ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।  कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved