सर्वसाधारणलाई सगरमाथा जलविद्युत कम्पनीको आइपिओ चैत्र ८ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 08:59:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा जलविद्युत कम्पनीले चैत्र ८ गतेदेखि सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले  सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो 

जस मध्ये २ लाख १८ हजार ४ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीको लागी छुट्याईएको छ  । बाँकि रहेका ३५ लाख ८१ हजार ७ सय ६० कितात शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्   

यस निष्काशनमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।   

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved