बिपिडब्लु लघुवित्तको आईपिओ आज बाँडफाँड हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 08:24:32 AM मा प्रकाशित

laxmi  sunrise bank

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज शुक्रबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज शुक्रबार बिहान ११ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । 

कम्पनीले फागुन १८ देखि २३ गतेसम्म आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८०  हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।  

कम्पनीले यस अघि नै  नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई  आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।नेपाल धितोपत्र बोर्डले पुस ४ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हाल कम्पनीको जारी पुँजी ३ करोड रहेकोले कम्पनीले आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ करोड पुग्ने छ ।

लघुवित्तले सामुदायिक लघुवित्तसँग मर्जरको लागि सम्झौता गरिसकेको छ । आईपिओ निष्काशन गरेर मर्जर प्रक्रियामा जाने कम्पनीले निर्णय गरेको थियो।  कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved