वार्षिकोत्सव विशेषांकमा छाप्नको लागि धितोपत्र बोर्डले माग्यो लेख रचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 02:18:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवमा प्रकाशित हुने विशेषांकमा छाप्नको लागि लेख रचना पठाउन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार, पुँजी बजार, मुद्राबजार तथा अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक लेख रचना पठाउन आग्रह गरेको हो  

 बोर्डले लेख रचना कम्तिमा ३ हजार शब्द हुनु पर्ने र  नेपाल वा अंग्रेजी माध्यममा हुन् सक्ने जनाएको छ । बोर्डले [email protected] मा २०८० बैशाख मसान्त भित्र लेख रचना पठाउन आग्रह गरेको हो पठाउने रचना अन्यन्त्र प्रकाशित नभएको र प्रकाशनको लागि नपठाईएको हुनु पर्ने बोर्डले जनाएको छ  

बोर्डद्वारा जारी सूचनामा भनिएको छ 'बोर्डको वार्षिकोत्सवको अवसरमा धितोपत्र बजार, पुँजी बजार, मुद्रा बजार तथा अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विष्लेणात्मक लेख/रचना समावेश गरी नियमित रूपमा लेख विशेषाङ्क प्रकाशन गरिँदै आएको व्यहोरा सबैलाई विदितै छ।उक्त सम्बन्धमा २०८० जेष्ठ २५ देखि बोर्ड ३१ औं वर्षमा प्रवेश गर्ने हुँदा सो अवसरमा "नेपाल धितोपत्र बोर्ड, वार्षिकोत्सव लेख विशेषाङ्क २०८०" प्रकाशन गरिने भएकोले यस क्षेत्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख/रचना (नेपाल वा अङ्ग्रेजी भाषामा, कम्तीमा ३००० शब्द, प्रिती वा Times New Roman फन्टमा) यहि मिति २०८० वैशाख मसान्तसम्ममा बोर्डको इमेल [email protected] मा पठाउनुहुन अनुरोध गरिन्छ।साथै, लेख/रचना पठाउँदा अन्यत्र प्रकाशित नभएको र प्रकाशनको लागि पेश समेत नगरिएको हुनुपर्नेछ।लेख/रचना प्रकाशन गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बोर्डमा निहित रहने व्यहोरा समेत अनुरोध छ।'

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved