प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजले प्रिमियममा आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 11:32:03 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले प्रिमियममा आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशन गर्दा आवश्यक पर्ने बिक्री प्रबन्धक सेवा लिनको लागि शिलबन्दी बोलपत्र माग गरेको छ 

कम्पनीले ४५ दिनभित्र इच्छुक तथा योग्य कम्पनीलाई आवेदन दिन आग्रह गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा ९८ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस कम्पनीको केन्द्रीय कार्यालय बीरगंजमा रहेको छ

कम्पनीको अधिकृत पुँजी २०५ करोड रुपैयाँ छ। जारी पूँजी २०० करोड छ। कम्पनीका अनुसार जारी पुँजीको ५१% शेयर संस्थापकको हुनेछ । जारी पूँजीको १०% शेयर प्रभु समूहका कर्मचारीहरुको हुनेछ । जारी पूँजीको १० प्रतिशत हिस्सा उद्योग क्षेत्रका स्थानीय जनताको हुनेछ । बाँकी २९ प्रतिशत सेयर सर्वसाधारणको आईपीओमा निष्कासन हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १०२ करोड रहेको छ । जसमा प्रभु होल्डिङ्स लिमिटेडको ४४ प्रतिशतभन्दा बढी छ । त्यस्तै हाइड्रो होल्डिङ १४ प्रतिशतभन्दा माथि र प्रभु उर्जा कृषि पर्यटन विकास लिमिटेडको ३३ प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ । यस कम्पनीको कम्तिमा ५१ प्रतिशत सेयर प्रभु समूह र कम्पनीको रहने कम्पनीले जनाएको छ । 

कम्पनीले स्टील्स उत्पादन गर्दै आएको छ । कम्पनीको अध्यक्ष भोज कुमार खड्का रहेका छन् भने संचालकहरुमा सन्जिब समशेर थापा, रमेश प्रसाद सापकोटा, दधिराम पोखरेल र प्रकृति पोखरेल रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत डिल प्रसाद अधिकृत हुन् भने  कम्पनी सचिवको रुपमा अधिवाकिता सुजेन्द्र कुमार ठकुरी रहेका छन्

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved