ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडलाई मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शेयरको प्रत्याभूति सेवा उपलब्ध गराउने भएका छन् । शेयरको प्रत्याभूति सेवा उपलब्ध गराउने सम्बन्धमा आज ग्लोबल हाईड्रोपावर र मेगा क्यापिटल तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच त्रिपक्षिय सम्झौता भएको हो ।
सम्झौतामा ग्लोबल हाईड्रोपावरका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ करोड ६० लाख बराबरको ५८ लाख ६० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने शेयर बिक्री नभएमा मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले बिक्री नभएको शेयर खरिद गर्ने छन् ।