सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम ३ को इकाई आजदेखि बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 08:28:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटलले आज चैत्र २६ गतेबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिकी खुला गरेको छ।क्यापिटलले सिद्धार्थ  म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गरेको हो ।  जस मध्ये १ करोड २० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई छुट्याईएको छ । त्यस्तै ६० लाख इकाई कोष व्यवस्थापक कम्पनी सिद्धार्थ क्यापिटललाई छुट्याईएको छ ।  बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ ।  छिटोमा चैत्र २९ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा बैशाख १० गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।  

हाल सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी फण्ड, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ नामक बन्दमुखी र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम नामक खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved