मकर जितुमाया सुरी हाइड्रोको आईपिओ बाँडफाँड: २ जनाले पाए ११ कित्ता, ५९ हजार जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 01:55:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बुधबार दिउँसो क्यापिटल कै कार्यालयमा आईपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट १ करिड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य आवेदकको संख्या १२ लाख ८१ हजार ४ सय २ कायम भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथा प्रक्रियामा सहभागी गराएर शेयर बाँडफाँड गरीएको छ । गोलाप्रथाबाट १ लाख ३३ हजार ७ सय ३० जनाले धेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने भएको छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट आईपिओ नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनीले चैत्र १९ गतेदेखि  चैत्र २२ गतेसम्म शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर निष्काशन गरेको हो । 

कम्पनीको  दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना छ । ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजनाले २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन सुरु गरिसकेको छ । ७ मेगावाटको माथिल्लो सुरिखोला आयोजनाको ब्यापारिक् उत्पादन सुरु गर्नु पर्ने मिति २०७९ चैत्र ३० गते रहेको छ । यस आयोजनामा डोल्मा ईम्प्याक्ट फण्ड १ को २६ लाख ५ हजार ९ सय कित्ता शेयर लगानी रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved